फलाखुखोला जलविद्युत आयोजनाको कामले तिहारपछि निरन्तरता पाउने

२३ असोज ७६, शुक्रबार

२४ असोज, रसुवा । नौकुण्ड गाउँपालिका–१, थाङदोरमा निर्माण भइरहेको फलाखुखोला जलविद्युत आयोजनाको कामले तिहारपछि मात्र निरन्तरता पाउने भएको छ ।

वर्षाका कारण असार अन्तिमदेखि आयोजनाको निर्माण कार्य ठप्प छ । वर्षाको समयमा काम गर्न नसकिने भन्दै चिनियाँ कामदार फर्किएपछि आयोजनाको काम रोकिएको हो ।

१४ दशमलव ७ मेगावटको आयोजनाको ३० प्रतिशत काम मात्र सकिएको छ । डेड वर्षभित्र निर्माण कार्य सकाउने आयोजनाको जिम्मा पाएको चिनियाँ ठेकेदार चोङकिङ वाटर टर्वाइन वक्र्स कम्पनी लिमिटेड (सीडब्लूटीडब्लू) ले जनाएको छ ।

Advertisement

यार्सामा हेडवक्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहनेछ । आयोजनाले जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण सम्पन्न गरेसँगै संरचना निर्माणको काम अघि बढाएको बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले जनाएको हो ।

आयोजनाको लागत भने दुई अर्ब ४० करोड रुपैयाँ रहेको छ । दुई हजार तीन सय मिटर टनेल र एक हजार आठ सय मिटर पेनस्टक रहने आयोजनाले बताएको छ । जसमा तीन सय मिटर टनेल निर्माण भइसकेको छ ।

Advertisement

आयोजनाको सुरक्षाको लागि नेपाली सेनाको कालीजंग गणको क्याम्प राखिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top