टी-२० सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किए

टी-२० सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किए

२४ असोज, काठमाडौं । दुई वटा टी-२० सिरिज खेल्न गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएका छन् ।

सिंगापुर र ओमानमा भएको सिरिज खेलेर शुक्रबार बिहान स्वदेश फिर्ता भएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरेका थिए ।

सिंगापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बाब्वेसँग दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरमाथि एक खेलमा जित हात पारेको थियो । त्यस्तै नेपाल र सिंगापुरबीचको एउटा खेल वर्षाका कारण रद्द भएको थियो ।

सिंगापुरबाट ओमान गएको नेपाली टिमले त्यहाँ पाँच देश सहभागी अर्को सिरिज पनि खेलेको थियो । नेपालले नेदरल्याण्ड्स र हङकङलाई पराजित गर्दा आयरल्याण्ड र ओमानसँग पराजित हुँदा नेपाल तेस्रो भएको थियो ।

नेपाली टिममा युवा खेलाडीको वर्चस्व रहेकाले यो सिरिजलाई अन्तर्रा्ष्ट्रिय ‘एक्सपोजर’ को रुपमा लिइएको थियो । नेपालमा मंसिरमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा पनि यो प्रतियोगितालाई लिइएको छ ।

यस प्रतियोगितामा करण केसीले आफूलाई नेपाली टिमको संकट मोचकको रुपमा प्रस्तुत गर्दा कप्तान पारस खड्काको शतक पनि अन्तर्रा्ष्ट्रिय रेकर्डको रुपमा दर्ता भएको छ । त्यसैगरी सन्दीप लामिछाने, विनोद भण्डारीको प्रदर्शन पनि उत्कृष्ट रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.