प्रदेश १ को प्रहरी संगठनलाई नमुना बनाईनेः शेरधन राई

२४ असोज, विराटनगर । नेपाल प्रहरीले ६४ औँ प्रहरी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयले पनि विभिन्न कार्यक्रम गरी प्रहरी दिवस मनाएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अमर प्रहरीलाई श्रद्धान्जली ब्यक्त गर्नुका साथै कार्यसम्पादनका आधारमा उत्कृष्ट बनेका प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ ।

Advertisement

प्रहरी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस दिनसम्म आईपुग्नुमा कर्तव्य पालनाको शिलशिलामा ज्यान गुमाउने अमर प्रहरीहरुको ठूलो बलिदान रहेको बताए । उनले देश समृद्धिको यात्रामा अघि बढिसकेको बताउँदै सबैले आ–आफ्नो ठाउँबाट देशप्रति र जनताप्रति उत्तरदायी र जवाफदेही भएर शुसासन कायम गर्दै विकास र समृद्धिको लागि योगदान दिनुपर्नेमा जोड दिए । उनले छिट्टै नै प्रदेश प्रहरी ऐन बनाएर प्रदेशमा छुट्टै प्रहरी संगठन तयार गरि नमुनाको रुपमा प्रस्तुत गर्ने सोचका साथ अघि बढिरहेको बताए ।

Advertisement

कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख डिआईजी ठाकुरप्रसाद ज्ञवालीले प्रहरी दिवसले देश र जनताको सुरक्षामा अझ कटिबद्ध रहन हौसला प्रदान गर्ने बताए । उनले शान्ति सुरक्षा कायम गर्न र जनताको सेवामा जुट्न मातहतका प्रहरीलाई निर्देशन समेत दिए ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रहरी कर्मचारीका उत्कृष्ट सन्तानलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी, पूर्व प्रहरी, अमर प्रहरीका परिवारका साथै विभिन्न क्षेत्रका ब्यक्तिहरुको समेत उपस्थिती थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top