एजेन्सी, असोज २४
चीनका राष्ट्रपति सी जिनपिङ शुक्रबार भारतको चेन्नई पुगेका छन । भारत र नेपालको भ्रमणका लागि विशेष विमानबाट उनी बेइजिङबाट भारतको चेन्नई पुगेका हुन् । उनको त्याहा भब्य स्वागत गरिएको छ ।
उनको शुक्रबार र शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपक्षीय अनौपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने शनिबार नै उनी नेपाल आउने कार्यक्रम रहेको छ । सी र मोदीबीच भारतको महाबलीपुरममा अनौपचारिक भेटवार्ताको कार्यक्रम रहेको छ । उनी शनिबार अपरान्ह नेपाल आइपुग्ने कार्यतालिका रहेको छ ।

नेपाल र चीनबीच समझदारीका लागि रेल, सडक, ऊर्जा लगायतका थुप्रै विषय प्रस्तावित भए पनि अन्तिम निष्कर्ष निस्कन अझै बाँकी रहेको स्रोतहरुले बताएका छन् । नेपालमा पनि चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाण्डौका सडक झकिझकाउ पारिएको छ ।
चिनियाँ राष्ट्रपति सी सवार हुने सडकहरू नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको छ । ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ ।

