नेकपाका नेता भन्छन् : “चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक”

२३ असोज ७६, शुक्रबार

२४ असोज, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन् । नेपाल चाइना हिमालयन फ्रेण्डसिप सोसाईटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ बर्ष पछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐतिहासिक हुनुको साथै यसले नेपालको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन् ।

नेता सुवास नेम्वाङ्गले लामो समयको अन्तरालमा हुन लागेको उच्चस्तरीय भ्रमणबाट आफुहरु उत्साहित बनेको भन्दै भ्रमणले नेपालको हितमा हुने बताए । नेपाल दुई छमेकी चीन र भारतलाई जोड्ने पुल बन्न चाहेको पनि स्पष्ट पारे । उनले सरकार तथा नेकपाले देशको सार्वभौमसत्ता र सम्मानलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाए । चनियाँ राष्ट्रपति सीको ऐतिहासिक भ्रमणलाई सरकार तथा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र चीनको हितमा सदुपयोग गर्न चाहेको पनि स्पष्ट पारे । नेता देव गुरुङ्गले नेपालले चीन संग लिने ऋणका बारेमा नकारात्मक टिप्पणी गर्नु आवश्यक नभएको बताए ।

उनले विश्वका सबै मुलुकले ऋण लिने गरेको दृष्टान्त दिदै ऋणलाई सही ढंगले उपयोग गर्नुपर्ने धारणा राखे । उनले अनुदान हुन सकेन भने निरपैक्ष ऋण लिनै हुदैन भन्न नहुने तर्क गरे । चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा हुने आर्थिक सहयोग सम्बन्धी सम्झौतालाई लिएर विभिन्न टिकाटिप्पणी हुदै आएका छन् । विशेष गरेर रेल सेवा विस्तार ऋणमा नभई चिनले अनुदानमा बनाईदिनुपर्ने तर्क हुदै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top