चिनियाँहरुको कम प्राथमिकतामा किन पर्याे नेपाल ? दुई राष्ट्रपति र पाँच प्रधानमन्त्रीको मात्र नेपाल भ्रमण

२४ असोज, काठमाडौँ ।
चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने भ्रमणका लागि नेपाल आउने मिति अन्ततः तय भएको छ । सबैको चासोको बिषय बनेका राष्ट्रपति सि. २५ गते शनिबार काठमाडौं आइपुग्ने र २६ गते फर्किने तय भएको छ । १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भए यता १३ जना उच्च चिनियाँ अधिकारीले नेपालको भ्रमण गरेका छन् ।

हालसम्म, चीनका दुई जना राष्ट्रपति, पाँच जना प्रधानमन्त्री र ६ जना उप—प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन् । तर जति मात्रामा नेपाली उच्च अधिकारीहरू चीनको भ्रमणमा गएका छन त्यसको तुलनामा चीनका तर्फबाट भएको नेपालको भ्रमण नगन्य छन् । हामी चीन भनेपछि मरीहत्ते गछौ तर चीनको प्राथमिकतामा पर्न हामीलाई २३ वर्ष लाग्यो । यसको कारण के हो ? हामीले सोचे अनुसारको महत्व किन चीनबाट पाउन सकेका छैनौ । यसको कारण खोजी गरिनु पर्छ । चिनियाँ उच्च तहका पदाधिकारीको नेपाल भ्रमण भन्दा पनि नेपाली उच्च तहका पदाधिकारीको चीनको भ्रमण करिब तेब्बर रहेको छ ।

पछिल्लो पटक भएका चिनियाँ उच्च पदाधिकारीहरूको भ्रमणहरू पनि संक्षिप्त हुने वा बाटो पर्दा मात्र नेपालमा अवतरण गर्ने गरेका थिए । राजा महेन्द्र र विरेन्द्र दुवैका राज्याभिषेकमा चीनबाट उच्चस्तरीय भ्रणम भएका थिए। हालसम्म चीनबाट नेपालमा भएका प्रधानमन्त्री र राष्ट्रपति स्तरीय भ्रमणहरुको तथ्याङ यस्ता रहेका छन् ।

१. सन् १९५७ मा प्रधानमन्त्री चाउ एनलाई को भ्रमण
२. सन् १९६० मा प्रधानमन्त्री चाउ एनलाई को दोस्रो भ्रमण
३. सन् १९८१ मा प्रधानमन्त्री झा ओ झियाङ भ्रमण
४. सन् १९८४ मा राष्ट्रपति लि सियाननियानको भ्रमण
५. सन् १९८९ मा प्रधानमन्त्री लि पेङको भ्रमण
६. सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनको भ्रमण
७.सन २००१ मा प्रधानमन्त्री झु रोङ जीको भ्रमण
८.सन २०१२ मा प्रधानमन्त्री वेन जियाबाओको भ्रमण

अब नेपालको तर्फबाट चीनको पछिल्लो भ्रमण तालिका हेर्दा सन् २००९ अर्थात वि.सं २०६६ साल जेष्ठ १५ गते प्रधानमन्त्री पदको पदभार सम्म्हालेका गिरिजाप्रसाद कोइराला देखि २०७४ साल फागुन ०३ गते प्रधानमन्त्री पदको पदभार समहलेका केपी शर्मा ओली सम्ममा ९ जना प्रधानमन्त्रीले चीनको भ्रमण गरेका छन् भने राष्ट्रपति विद्या देवी भण्डारीले समेत चीनको भ्रमण गरीसकेकी छन् ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top