सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

२४ असोज ७६, शनिबार

२४ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु भएका एघार जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यलयका डिएसपी माधव काफ्लेका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका-३ बस्ने केदारनाथ महाजु, पाचँखाल नगरपालिका-६ का संगिता मिजार, सिन्धपाल्चोकको इन्द्रावती गाउँपालिका-९ बस्ने हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र इन्द्रावती गाउँपालिका १० बस्ने रितेश आचार्य रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । त्यसैगरी, उपचारका लागि अस्पताल लैजाने क्रममा ललितपुर घर भएकी समिता श्रेष्ठको बाटोमै मृत्यु भएको बताइएको छ। मेलम्ची नगरपालिका-१३ बस्ने अनुष तामाङ र इन्द्रवती-९ का जुनादेवी लम्सालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलाय सिन्धुपाल्चोकले जनाएको छ ।

त्यस्तै, इन्द्रावती-१० का मिना मगर, सुवास अधिकारी र अन्दाजी ६र७ वर्षका सनित पुर्कोटीको मृत्यु भएको डिएसपी काफ्लेले जानकारी दिए ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० स्थित भोटसिपा बडहरे चोकमा शुक्रबार बिहान बस दुर्घटना भएको थियो। बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान करिब १० बजेतिर दुर्घटना भएको हो ।

इन्द्रावती गाउँपालिका-९ सिपाटारबाट काठमाडौं आउँदै गरेको बस सडकबाट २ सय मिटर तल खस्दा ११ जनाको ज्यान गएको हो। बसमा ८० भन्दा बढी यात्रु सवार रहेको र ओभरलोडका कारण गाडीको ब्रेक फेल भइ दुर्घटना भएको हुन सक्ने डिएसपी काफ्लेले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top