×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

चिनियाँ राष्ट्रपति सी नेपालमा, काठमाडौँमा भब्य स्वागत

२५ आश्विन २०७६

२५ असोज, काठमाडौँ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने भ्रमणका लागि काठमाडौँ आएका छन् । राष्ट्रपति सी जिनपिङ भारतको चेन्नईबाट एयर चाईनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाडौ आएका हुन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । यसैगरी राष्ट्रपति सीलाई विमानस्थलमा पञ्चकन्याले फुलको माला दिएर स्वागत गरेका थिए । राष्ट्रपति सीलाई विमानस्थलमा नै नेपाली सेनाले सम्मानगारथ अर्पण गरेको थियो भने सो अवसरमा दुवै देशको राष्ट्रिय धुन पनि बजाईएको थियो । सम्मानगारथ पछि राष्ट्रपति सीलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा मन्त्रीहरु र उच्च पदस्थ अधिकारीहरुले विमानस्थलमा सम्मान गरेका थिए ।

Advertisement
Advertisement

राष्ट्रपति सीको स्वागतका लागि विमानस्थलमा नै विभिन्न जातजाति , समुदायको संस्कृति झल्किने झाँकी पनि प्रस्तुत गरिएको थियो । राष्ट्रपति सी जिनपिङको यो भ्रमण उत्तरी छिमेकी राष्ट्र चीनको २३ बर्ष पछिको उच्चस्तरीय नेपाल भ्रमण हो । राष्ट्रपति सी अन्तराष्ट्रिय विमानस्थलबाट सिधै सोल्टी होटलतर्फ गएका छन् ।

राष्ट्रपति सीको स्वागतका लागि राजधानीका सडकलाई विशेष साज सज्जाका साथ सजाईएको छ । विशेष गरेर त्रिभुव अन्तराष्ट्रिय विमानस्थलदेखि होटल सोल्टी सम्मको सडक विशेष रुपमा सजाईएको छ । सीको आगमनको समयमा काठमाडौका सडकमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाईएको थियो । यद्यपि सीको स्वागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि सोल्टीमोडस्थित होटल सोल्टी सम्मको सडकखण्डका विभिन्न स्थानमा बाजागाजा सहित विभिन्न जातजातिको सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको छ । तीनकुने, बानेश्वर, माईतीघर मण्डला, त्रिपुरेश्वर लगायतका चोक चोकमा बाजागाजा सहित र राष्ट्रपति सीलाई भव्य स्वागत गरिएको थियो । विमानस्थलबाट होटल सम्म जाने सडकका छेउ छेउमा रहेका विद्युतका पोलहरुमा दुवै देशका राष्ट्रपतिको तस्वीर राखिएको छ । त्यसैगरी ठाउँ ठाउँमा स्वागतद्धारहरु बनाउनुको साथै गमलामा फुलहरु सजाईएको छ ।

राष्ट्रपति सी आउनु केही दिन अघिबाट ब्रुमरले सी हिड्ने सडक सफा गरेर पानीले पखालिएको थियो । सवारीको समयमा विमानस्थल देखि होटल सोल्टी सम्मको सडकमा सवारी आवागमनमा रोक लगाई सडक पुरै खाली गराईएको थियो । सी आउने समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले साढे २ घण्टा सम्मका लागि सम्पुर्ण उडान र अवतरण बन्द गरेको थियो । विमानस्थलले शुक्रबार सुचना नै जारी गरेर अपरान्ह २ बजेर ५५ मिनेट देखि ५ बजेर २५ मिनेट सम्म सबै उडान र अवतरण रोकिने जनाएको थियो । राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गरि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Advertisement

राष्ट्रपति सी विमानस्थलमा अवतरणका क्रममा सबै उडान रोक्नुको साथै सडकमा पनि सवारी साधन सञ्चालनमा रोक लगाउदै सडक पुरै खाली गराईएको थियो । सर्वसाधारणलाई सडकमा हिडडुल गर्न तथा उभिएर हेर्न समेत रोक लगाईएको थियो । सडकमा बाक्लोगरी सुरक्षाकर्मी तैनाथ गरिएको छ । राष्ट्रपति सीले होटल सोल्टीमा नै समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट् गर्नेछन । त्यसैगरी अन्य भेटघाटहरु पनि होटल सोल्टीमा नै तय गरिएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top