देउवालाई चीन भ्रमणको निम्तो

२६ असोज, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ लगानीको आफूहरूले स्वागत गर्ने बताएका छन् ।

नेपालको हित र समृद्धिमा सहयोग पुग्ने परियोजनाहरूमा चिनको सहयोग स्वागत योग्य रहेको उनले बताएका हुन् । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेटमा उनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई आफूहरूको समर्थन रहेको धारणासमेत राखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको औपचारिक भेटपछि सीले उनलाई सोल्टी होटलमै २० मिनेट भेटेका हुन् ।

Advertisement

राष्ट्रपति सीले काठमाडौं उत्रेपछि सत्तारुढ दलका नेताहरूभन्दा पहिले प्रमुख विपक्षी दल कांग्रेसका सभापति देउवालाई छुट्टै भेटेका थिए । भेटमा देउवाले नेपालमा सञ्चालित परियोजनामा चिनियाँ लगानीको अपेक्षा गरेको बताएका थिए ।

भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबीचको पार्टीगत सम्बन्ध विस्तारबारे पनि कुरा भएको थियो । राष्ट्रपति सीले पार्टीगत सम्बन्ध विस्तारमा आफूहरूको जोड रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध थप सुदृढ बनाउँदै लैजानुपर्ने बताएका थिए ।

Advertisement

कांग्रेसले पनि यसअघि चिनियाँ कम्युनिस्ट पार्टीसँगको पार्टीगत सम्बन्ध विस्तारको अपेक्षा राखेको थियो । त्यही अपेक्षाअनुसार शनिबारको भेटमा कुराकानी भएपछि राष्ट्रपति सीले पार्टीगत सम्बन्ध झन् राम्रो बनाउने बताउँदै देउवालाई चीन भ्रमणको निम्तो दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top