जापानमा शक्तिशाली आँधी : ५ को मृत्यु, ७० लाख मानिसलाई घर छाड्न उर्दी

२५ असोज ७६, आइतबार

एजेन्सी, असोज २६
जापानमा आएको ६० वर्षयताकै ठूलो आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । शनिबार गएको आँधीपछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको छ ।

राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा र पहिरो निम्त्याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

क्योडो न्युज एजेन्सीका अनुसार आँधीपछिको वर्षा र पहिरोले हालसम्म ५ जनाको मृत्यु भइसकेको छ । क्योडो न्युज एजेन्सीका अनुसार, आँधीका कारण ९० भन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सरकारी अधिकारीहरूका अनुसार आँधीमा परी ११ बेपत्ता भएका छन्  ।

Advertisement

इगु प्रायद्वीपबाट सुरु आँधी अहिले पूर्वी तटमा रहेको जापानको मुख्य टापुतर्फ बहिरहेको छ । बीबीसीका अनुसार आँधीको गति अहिले २२५ किलोमिटर प्रतिघण्टा छ ।आँधीले जापानको अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । एनएचकेका अनुसार, २ लाख ७० हजार घरको विद्युत् सेवा अवरुद्ध भएको छ । हवाई तथा सडक आवागमन पनि आँधीले प्रभावित पारेको छ ।

Advertisement

शक्तिशाली आँधीले थप मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने आकलन गर्दै जापान सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको छ । समाचारहरूमा जनाइअनुसार, आँधी प्रभावित क्षेत्रका ५० हजार मानिसले घर छाडेर सुरक्षित स्थानमा अहिले आश्रय लिइरहेका छन् ।

सहर तथा गाउँमा आँधीसँगै भारी वर्षा भइरहेको र यो क्रम केही समय जारी रहने सरकारी अधिकारीहरूले बताएका छन् । जेएमएका यासुसी कजिवाराले सम्भावित क्षति हुन नदिन आपतकालील चेतावनी जारी गरिएको जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top