चीनको जिङ्सु प्रान्तमा ग्यास विस्फोटन हुँदा ६ जनाको मृत्यु, ९ घाइते

२६ असोज ७६, आइतबार

एजेन्सी, असोज २६
चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार विस्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् । स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

Advertisement

सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो । घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ । घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top