राजपाका सांसद साहद्वारा जनकपुर विमानस्थलमा तोडफोड

२७ असोज, काठमाडौं ।
राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् ।  साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपीक्षेत्रमा तोडफोड गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।

स्रोतले भन्यो ‘सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको छ । ’आइतबारदेखिकै हवाई चापका कारण जहाजहरु केही समय ढिला गरि उडिरहेको समेत ती अधिकारीले जानकारी दिए ।

साहले उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर काउण्टरमा तोडफोड गरेको स्वीकारेका छन् । साह सर्लाही क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

Advertisement

उनले भने ‘बिहान ११ः३० बजेको बुद्ध एयरको विमान दिउँसो डेढ बजेसम्म पनि नआउँदा वृद्ध बिरामी थरथर काम्न थालेपछि मन थाम्न सकिनँ र काउन्टरमा रहेको टेबलमा दुई–तिन लात्ती हानेको हुँ ।’

साहका अनुसार विरामी दिउँसो २ बजेसम्म चिकित्सक कहाँ पुगेर चेकजाँच गराउनुपर्ने थियो । बुद्ध एयरको काउण्टर तोडफोड गरेको भन्दै सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान चढाउन अस्वीकार गरेको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top