विराटनगरको साक्षी मेडिकलको ठगी धन्दा पर्दाफास

२७ असोज, विराटनगर ।
प्रदेश १ को राजधानी रहेको विराटनगरमा अझै पनि उपभोक्ता ठगिदै आएका छन् । विराटनगर – ९ जहदा रोडस्थित न्युरो हस्पिटल अगाडी रहेको साक्षी मेडिकलले औषधिमा लेखिए भन्दा बढी बिल बनाएर उपभोक्ता ठग्ने गरेको पाईएको छ ।

उपभोक्ताले लिएको औषधीको बिललाई केरमेट गरी औषधिको मूल्य र परिमाण बढाएर उपभोक्ता ठगेको आरोपमा मेडिकलका कर्मचारी सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–३ का १९ वर्षीय सन्तोष मेहतालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ३ जना विरुद्ध मुद्धा दर्ता गरेकोमा मेडिकल सञ्चालक सप्तरीका चन्द्रशेखर यादव र सिरहा गोलबजारका निरन्जन शाक्य फरार रहेका छन् । उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

Advertisement

उदयपुर त्रियुगा नगरपालिका–७ बस्ने २३ वर्षीय नवराज राईलाई सवारी दुर्घटनामा परी न्युरो अस्पताल विराटनगर ल्याईएको थियो । घाईतेको उपचारमा लाग्ने सम्पूर्ण औषधी उक्त मेडिकल हलबाट खरीद गर्न भनि राईका परिवारले अग्रिम २ लाख रुपैँया डिपोजिट राखेका थिए ।

असोज २६ गते डिस्चार्ज भएपश्चात उपचारमा लागेको औषधिको पैसा तिर्न भनि जाँदा औषधी किने बापत दिने बिलमा मूल्य बढाएको शंका लागि हेर्दा औषधिको मूल्य बढाएको भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आधारमा सच्याएको बिल सहित प्रहरीले मेहतालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top