दुई मोटरसाईकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाईते

दुई मोटरसाईकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाईते

२८ असोज, इटहरी ।
सुनसरीको कोशी गाउँपालिका–४ कटानमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

सोमवार साँझ साँढे ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको को २२ प ८०४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को २९ प ६८५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुईवटै मोटरसाईकलमा सवार रहेका ४ जना घाईते भएका थिए ।

घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा को २२ प ८०४९ नम्बरका मोटरसाईकल चालक उदयपुरको तपेश्वर बस्ने ५० बर्षीय निरीराज गिरीको मृत्यु भएको हो ।

सोही मोटरसाईकलमा पछाडी सवार रहेका फत्तेपुर नगरपालिका–२ का ५० बर्षीय भक्त बहादुर बिष्ट, को २९ प ७८५३ नम्बरको मोटरसाईकल चालक ईनरुवा नगरपालिका–४ का २३ बर्षीय सबिर आलमको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने मोटरसाईकलमा पछाडी सवार रहेका ईनरुवा नगरपालिका–४ का ३३ बर्षीय रियाज मियाको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.