बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई कारबाही नगरे सबै उडान बन्द गर्ने‍ चेतावनी

२७ असोज ७६, मंगलबार

२८ असोज, काठमाडौं । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई सात दिनभित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने‍ नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ ।

Advertisement

उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै सोमवार संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड गरेको संघले आरोप लगाएको छ ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यदि कारबाही नभए असुरक्षाको कारण उडान बन्द गरिने जानकारी गराएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top