सुनचाँदीको मूल्यमा वृद्धि

२८ असोज, विराटनगर । मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ । सुन तोलामा ७ सयले बढेर ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

सोमबार तोलामा एक सय रुपैयाँ घटेर तोलाको ७० हजार रुपैयाँमा झरेको थियो । तर मंगलबार भने मूल्यमा वृद्धि भएको हो । मंगलबार चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top