जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह प्रहरीको नियन्त्रणमा

२८ असोज, काठमाडौँ ।
जनकपुरस्थित विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सांसद साहलाई मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

उनलाई नियन्त्रणमा लिन आज नै महोत्तरी जिल्ला अदालतले अनुमति दिएको थियो । सोमबार भएको सो घटनापछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको थियो ।

सांसद साहले सोमबार विमान डिले भएको भन्दै जनकपुरस्थित बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका थिए । पौने १२ मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको तथा व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा काउण्टरमा धक्का–धक्की दिएका थिए ।

Advertisement

अढाइ बजे बुद्ध एयरको जहाज विमानस्थलमा आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन् । तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौं उडाएका थिए । सांसद साह सर्लाही १ बाट प्रतिनिधिसभामा निर्वाचित हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top