अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद

अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद

२८ असोज, विराटनगर ।
मोरङको बेलबारीबाट अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ ।

मंगलबार बिहान बेलबारी–४ स्थित यलम्बर चौकमा ईलाका प्रहरी कार्यालय कार्यालय बेलबारीबाट खटिई गएको मोवायल टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा को २ ह ४३२३ र को १ ह ८९४५ नम्बरको अटोमा तीन लाख रुपैँया बराबरको अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ फेला परेको थियो ।

फेला पारेको सो कच्चा पदार्थ बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.