एसिड पीडित मुस्कानलाई भेट्न अस्पताल पुग्यो राष्ट्रिय क्रिकेट टिम

२९ असोज, काठमाडौं ।
एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई क्रिकेटर पारस खड्का, नेपाली क्रिकेट टीमका प्रशिक्षक उमेश पटवाललगायतले भेट गरेका छन् । बुधबार मुस्कान उपचाररत कीर्तिपुर अस्पतालमा पुगेर पारस र पटवालसहित क्रिकेट खेलाडी सोमपाल कामी, अविनाश बोहराले मुस्कानलाई भेटेका हुन् ।

मुस्कानलाई भेटेर फर्किएपछि क्रिकेटर पारस खड्काले सामाजिक सञ्जाल फेसबुकमा मुस्कान आफूहरु सबैका लागि अनुकरणीय भएको लेखेका छन् । उनले मुस्कानको मुहारमा सधैं हाँसो देख्न चाहेको उल्लेख गर्दै एसिड आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले भनेका छन् ‘यस्ता जघन्य अपराधमा संलनलाई सरकारले कडा कारबाही गर्नुपर्छ, हामी सबै मुस्कानको साथमा छौं’। मुस्कानको उपचारमा सहयोग जुटाउँदै आएका समाजसेवी उज्वलविक्रम थापाले क्रिकेटरहरुलाई मुस्कानसमक्ष र्पुयाएका थिए । एसिड आक्रमणमा परेपश्चात लाई देश तथा विदेशका कलाकारहरुले सन्देश पठाएर तथा भेटेर मुस्कानलाई निकै उत्साह थपिरहेका छन् ।

Advertisement

बलिउडका कलाकारहरु अमिताभ बच्चन, वरुण धवन लगायतले मुस्कानको विषयमा भिडियो सन्देश पठाएका छन् भने नेपाली कलाकारहरु राजु लामा, राजेश हमाल लगायतले पनि अस्पतालसम्मै पुगेर मुस्कानसँग कुरा गरिरहेका छन् । हमाल मंगलबारमात्रै मुस्कानलाई भेट्न पुगेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top