मोरङमा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

२८ असोज ७६, बुधबार

२९ असोज, विराटनगर । 

मोरङ आगामी मङ्सिर महीनाको १४ गते मोरङ जिल्लामा हुने एक पदको उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय मोरङले दिएको जानकारीअनुसार मोरङको धनपालथान गाउँपालिकाको वडा नं २ को वडाध्यक्षको मृत्यु भएको कारण उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फबाट विजयी उम्मेदवार बलिराम भगतको २०७५ जेठ २४ गते मृत्युको भएको थियो । उक्त स्थानमा हुने उप निर्वाचनमा चार हजार १४२ मतदाताले मतदान गर्ने छन् । अमाही गाउँपालिका केन्द्र र जनता माध्यमिक विद्यालय मझौवरियाती गरी दुई मतदानस्थलमा पाँच केन्द्र रहने कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले बताए ।

Advertisement

गाउँपालिका भवनमा रहेको मतदानस्थलको दुई केन्द्रमा एक हजार ८३५ र जनता मावि मतदानस्थलको तीन केन्द्रमा दुई हजार ३०७ मतदाताले मतदान गर्ने छन् । साउन १७ गते अगाडि १८ वर्ष पुगेका नेपाली नागरिकले उक्त उपनिर्वाचनमा मतदान गर्न पाउने छन् ।

उपनिर्वाचनको शान्ति सुरक्षाकालागि आवश्यक्ता अनुसर सशस्त्र र नेपाली प्रहरीको व्यवस्था हुने सूचना अधिकृत अधिकारीले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा न्यूनतम नौदेखि ११ जना कर्मचारी खटाइने भएको छ । उक्त उप निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय केन्द्रीय निर्वाचन आयोग कार्यालयले तोकेबमोजिम स्थापना हने उनको भनाइ छ । मोरङ जिल्लामा २०७६ साउन १७ गतेसम्ममा महिला तीन लाख ३० हजार ९८१, पुरुष तीन लाख ४१ हजार ४१२ र तेश्रो लिङ्गी दुई जना गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता रहेका छन् ।

Advertisement

प्रदेश नं १ अन्तर्गतको पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष र फिदिम नगरपालिकाको वडा नं १ र ७ का वडाध्यक्ष, मोरङको धनपालथान गाउँपलिकाको वडा नं २ का वडाध्यक्ष, सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र वडा नं ७ का वडाध्यक्षको उपनिर्वाचन हुँदैछ ।

यसैगरी सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकाको अध्यक्ष, खाँदबारी गाउँपालिका–३ को वडाध्यक्ष, खोटाङ जिल्लाको साकेला गाउँपालिका वडा नं ३ को वडाध्यक्ष र भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष गरी छ जिल्लाका १० विभिन्न पदमा उपनिर्वाचन हुने भएको छ । निर्वाचनको विषय लिएर मोरङको धनपालथान गाउँपालिकामा राजनीतिक चहल पहल शुरु भएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top