‘केही भएन’ भन्नेहरुलाई प्रधानमन्त्रीको जवाफ : बुढाबुढीलाई गएर सोध्नु

२९ असोज, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ‘केही पनि भएन’ भन्ने भ्रमबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन एकतावद्ध हुन पनि सबैलाई आह्वान गरे ।

Advertisement

उनले विकास, निर्माणको कामलाई तीव्रता दिँदै मुलुकलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त बनाउन सरकार लागि परेको दाबी पनि गरे । बुधबार सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल संवत र छठलगायतका चाडपर्वको अवसर पारेर काठमाडांैमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले केही भएन भन्नेहरुलाई भए÷नभएको थाहा पाउन बुढाबुढीलाई गएर सोध्न पनि आग्रह गरे ।

‘केही पनि भएन भन्नेहरुले आँखा चिम्लेर भन्ने होइन, बुढाबुढीलाई गएर सोध्नु प¥यो के–के भएका छन भनेर ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘बुढाबुढीको स्वास्थ्य विमा गरिएको छ, फरक प¥यो कि परेन ? सबै नेपालीलाई सय रुपैयाँ दिएर बैंक खाता खोल्न लगाइएको छ, नेपालको पानीमा जनताको लगानी भन्ने अभियान चलाएर सबैलाई उर्जामा सेयर होल्डर बनाइएको छ, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रातारात काम गरेर ठूलो जहाज पनि बस्न सक्ने व्यवस्था गरिएको छ, यसले मुलुकमा भिन्नता ल्याएको छ कि छैन ?

Advertisement

प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्न लागेको, भैरहवा विमानस्थल बन्ने क्रममा रहेको जस्ता सरकारले गरेका कामहरुको विवरण प्रस्तुत गर्दै केही भएन भन्नेहरुलाई आँखा खोलेर भएका काम हेर्न पनि पटक पटक आग्रह गरे । उनले मुलुक निर्माणको अभियानमा एकतावद्ध हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन पनि हाम्रा चाडपर्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top