×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026
Playing
४८ घण्टाको पावर गेमः मधेशमा सत्ताको नाटक || Nepal Times
May 06, 2026

३४ देश सहभागी सैनिक अभ्यासमा नेपाली सेनालाई स्वर्ण पदक

२९ आश्विन २०७६

२९ असोज, बेलायत।

संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Advertisement
Advertisement

उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली असोज ६ गते बेलायत प्रस्थान गरेको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिन्छ ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करीब ५० पाउण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने गर्छन् । सो क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खबर सङ्कलन, घाईते–बिरामीको व्यवस्थापन, विष्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेत विभिन्न दक्षताको परीक्षण गरिन्छ ।

उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपालसमेत अन्य ३४ देशका गरी कूल १४० सैन्य टोलीको सहभागिता रहेको निर्देशनालयले जनाएको छ । नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका टोलीले गरेको थियो ।

Advertisement
Advertisement

प्रतियोगितामा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्ति सम्मिलित टिम सहभागी हुने गर्दछन् । सन् १९६० बाट वार्षिकरुपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस्तो अभ्यास प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ ।रासस

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top