मृर्गौला किनबेच गरेको अभियोगमा निदान अस्पतालका सीइओसहित पाँच जना पक्राउ

२९ असोज, काठमाडौं ।
मानव अंग मृर्गौला किनबेच गरेको अभियोगमा निदान अस्पतालका सीइओ सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

विशेष सूचनाका आधारमा मानव बेचबिखन व्यूरोको टोलीले पाँच जनालाई नियन्त्रणा लिएको हो। व्यूरोले बुधवार पत्रकार सम्मेलन गर्दै घटनाको जानकारी दिएको छ। ३ लाख रुपैयाँमा मृगौला किनबेच भएको थाहा पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरुले नक्कली आफन्त खडा गरेर मृगौला किनबेच गरिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। बिरामीलाई मृगौला आवश्यक परेमा रगतको नाता पर्नेले मात्र दिन मिल्ने कानुनी व्यवस्था छ।

Advertisement

पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भएका शंकरलाल लामा, काठमाडौंका विपेन्द्र प्रधान, सप्तरी कन्चनपुर नगरपालिका घर भएका कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, र रामचन्द्र आलेलाई नियन्त्रणमा लिएको हो। बिपेन्द्र निधान अस्पतालका सिइओ हुन्।

राजेश पन्त अस्पतालका चिकित्सक भएको प्रहरीले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top