नेकपा मोरङको शुभकामना कार्तिक ८ गते

नेकपा मोरङको शुभकामना कार्तिक ८ गते

३ कार्तिक, विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले दसैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा कार्तिक ८ गते शुक्रबार विराटनगरमा शुभकामना आदनप्रदान आयोजना गर्ने भएको छ ।

शुभकामना आदनप्रदान कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र स्कूल विभाग प्रमुख तथा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल सहभागी हुने नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

पार्टी एकता प्रकृयाका कारण लामो समयदेखि कार्यकर्ताहरु प्रशिक्षित हुन नपाइरहेकोले शुभकामना आदनप्रदानकै सन्दर्भमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने नेकपा मोरङको तयारी छ । चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण पछि देखापरेको राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिक परिवेशमा आएको फेरबदल आदि विषयमा नेताहरुले प्रशिक्षण दिने बताइएको छ ।

पार्टी एकतापछि तल्लो तहसम्म विचारमा एकरुपता कायम गर्न जरुरी रहेकोले कार्यक्रममा वडा कमिटीदेखि माथि जिल्लामा रहेका प्रदेश कमिटीसम्मका नेता कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा न्युनतम पाँच हजार कार्यकर्ताहरु सहभागि गराउने तयारी रहेको बताइएको छ ।

कार्यक्रमलाई भब्य बनाउन पार्टी कमिटी, जनवर्गीय संगठनहरु, पेशागत संगठनहरु, युवा विद्यार्थी सबैलाई आवश्यक भूमिकासहित परिचालन गर्ने पार्टीका मोरङ जिल्ला सहइन्चार्ज गोपि अछामीले बताए । प्रशिक्षणसहितको शुभकामना आदनप्रदान कार्यक्रमको व्यवस्थापन जिल्ला पार्टीले गर्ने छ भने परिचालन बाबुराम कार्कीको संयोजकत्वमा गठित समितिले गर्ने छ ।

सबै तह र क्षेत्रबीच पार्टी सचिव गणेश उप्रेती सुशीलको संयोजकत्वको कार्यालय टिमले सूचना प्रवाह र निमन्त्रण गर्ने जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.