४ कार्तिक, नवलपरासी ।
नवलपरासीमा जुवा खेलिरहेका १८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले आइतबार राति साढे १ बजेको समयमा देवचुली नगरपालिका –६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ लाख ४२ हजार ९४० रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका १८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटले जानकारी दिए ।