बसमा चोरी गर्ने महिला झापाबाट पक्राउ

४ कात्तिक, झापा ।
झापाको काकड्भिट्टाबाट बिर्तामोड चल्ने बसमा यात्रा गर्ने क्रममा अर्जुनधारा नगरपालिका–२ बस्ने बर्ष ४० की बिमला रोक्का सार्कीको ब्यागबाट एक लाख रुपँैया चोरी गर्ने २ महिलालाई प्रहरीले पक्राउ लिएको छ ।

Advertisement

सोमबार दिउँसो मेचीनगर नगरपालिका–१३ स्थित चारआली चौकमा पुगेपछि आफुसंग भएको पैसा चोरी भएको थाहा पाएपछि पीडित महिलाले प्रहरी चौकी चारआलीमा उजुरी दिएकी थिइन् ।

पिडितले दिएको हुलिया अनुसार खोजतलास तथा चेकजाँच गर्ने क्रममा सोही स्थानमा रहेको मेट्रो पेट्रोल पम्प नजिकबाट काकड्भिट्टा तर्फ टेम्पोमा चढेर जान लागेको अवस्थामा भारतको पानिट्याङकी घर बताउने २५ वर्षीय पुजा गुल्ठा र सँगै रहेकी कविता मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

चेकजाँचको क्रममा पुजा गुल्ठाको साथमा रहेको झोलाबाट एक लाख रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top