सुन्दरका विद्युतीय बस अव प्रदेश एक र पाँचमा पनि गुड्ने

४ कात्तिक ७६, मंगलबार

५ कात्तिक, काठमाण्डौ ।
नेपालमा पहिलो पटक चार वटा विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै २५ बस थप गर्ने भएको छ ।

Advertisement

गत महिना सुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो । डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक चार हजार रुपैयाँसम्मको इन्धन खर्च हुन्छ । विद्युत्मा भने औसत ७५० रुपैयाँ खर्च हुने बताइएको छ ।

गत महिनादेखि चक्रपथमा चार वटा बस सञ्चालन गरिरहेको कम्पनीले बस थप्ने योजना बनाएको हो । अहिले चक्रपथमा मात्रै बस सञ्चालन भइरहेकामा नयाँ भित्रिने बस नगरकाभित्र भागमा र उपत्यका बाहिरसमेत सञ्चालन गर्ने योजना रहेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए।

Advertisement

उनले २५ बस प्रदेश नं १ र ५ मा सञ्चालन हुने बताए। प्रदेश नं ५ मा बुटवल–नेपालगञ्ज र प्रदेश नं १ मा काकडभिट्टा–विराटनगर बस सञ्चालन हुने उनले जानकारी दिए। ‘प्रदेश नं १ मा मुख्यमन्त्री पनि विद्युतीय बस सञ्चालनमा उत्सुक रहेका भन्दै उनले प्रदेश सरकारसँगको सहकार्यमा आगामी तीन महिनामा बस सञ्चालन हुने बताएका हुन् ।

अहिले सञ्चालन भएका र निर्माण भइरहेका बस डिजाइनमा नेपाली प्राविधिक संलग्न रहेका अध्यक्ष थापाले जानकारी दिए । युरोपमा चल्ने जस्तो नभइ यहाँको सडक सुहाउँदो बस डिजाइन भएको उनले उल्लेख गरे।

Advertisement

बस काठमाडौँका अहिलेका सडकमा गुड्न उपयुक्त रहेको उनले बताए।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top