५ कात्तिक, काठमाडौँ ।
गायक दुर्गेस थापाको‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको थापाले बताएका छन् ।
थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि उनलाई आज प्रहरीले पक्राउ गरेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेपछि महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको हो । थापा अहिले पनि महाशाखामा नै छन् । दुर्गेसले गीत हटाएपछि प्रहरीले आफूलाई छाड्ने उनले आशा गरे ।
‘बीच्च बीच्चमा’ बोलको तिजगीतबाट चर्चामा आएका थापाको देउसी गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ । सो यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएको थियो । आलोचनाका कारण थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए । थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।