तस्करी गर्न लागिएको ७४ क्विन्टल छोकडासहितको ट्याक्टर नियन्त्रणमा

तस्करी गर्न लागिएको ७४ क्विन्टल छोकडासहितको ट्याक्टर नियन्त्रणमा

६ कात्तिक, वीरगंज ।
वीरगंजबाट भारततर्फ तस्करी गर्न लागिएको ७४ क्विन्टल छोकडासहितको एउटा ट्याक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

चाडपर्वको बेला तेस्रो मुलुकबाट छोकडा आयात गरी पर्साको भिस्वा नाकाबाट तस्करी गर्न लागेको आशंकामा प्रहरी चौकी परवानीपुरको टोलीले वीरगंज–पथलैया सडकखण्डको परवानीपुर बजारबाट ना ३ त ५७३९ नम्बरको ट्याक्टर र १३७ बोरा छोकडा बरामद गरेको हो।

परवानीपुर–ड्राइपोर्ट सडक हुँदै पर्साको छिपहरमाई गाउँपालिका ५ भिस्वाको नाका भएर उक्त ट्याक्टर भारततर्फ लैजान लागिएको प्रहरीको आशंका छ। प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको पर्सा प्रहरीका प्रवक्ता बीरेन्द्रबहादुर शाहीले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.