लेनदेनमा विवाद हुँदा गोली प्रहार, एकको मृत्यु

६ कात्तिक, धनुषा ।
धनुषामा बुधबार बिहान गोली चलेको छ। जनकपुर उपमहानगरपालिका १४ स्थित विद्युत प्राधिकरण नजिक रहेको पंकज चौधरीको घरमा नै गोली प्रहार भएको हो। गोली लागेर जनकपुर उपमहानगरपालिका १ का मनोज साहको मृत्यु भएको छ।

Advertisement

लेनदेनको विषयमा विवाद हँदा गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

Advertisement

हत्याको अभियोगमा पंकज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल, कटुवा पेस्तोल एक,एक थान र २१ थान गोली समेत बरामद गरेको छ। उनीहरु स्थानीय निर्माण व्यवसायी भएको खुलेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top