मन्दिरमा बनाइएका टहरा हटाउन माग गर्दै काठमाडौंमा धर्ना

५ कात्तिक ७६, बुधबार

६ कात्तिक, काठमाडौं ।
काठमाडौंको पुरानो बसपार्कस्थित दुई माजु मन्दिर परिसरमा बनाइएका व्यापारिक टहराहरु तत्काल हटाउन माग गर्दै धर्ना दिइएको छ ।

मुलुककै सांस्कृतिक तथा पुरातात्विक महत्वको सो मन्दिर अतिक्रमण गरी व्यापारिक टहराहरु बनाएकोमा आपत्ति जनाउँदै स्थानीय सम्पदाकर्मीहरुले तत्काल सो टहरा हटाउन माग गर्दै बुधबार एक घण्टा सो मन्दिर अगाडि धर्ना दिइएको हो ।

टुडिखेल र टुडिखेल परिसरमा रहेका सबै सम्पदाहरुमाथि गुठी संस्थानलेनै अतिक्रमण गर्न थालेपछि त्यसको विरोधमा धर्ना लगायतका कार्यक्रमलाई सुरु गर्नु परेको स्थानीयले बताएका छन् ।

सम्पदाकर्मीहरुले टुडिखेलस्थित खुल्ला मंचमा परिसरमा बनाइएका सबै व्यापारिक टहराहरु हटाउन माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

उनीहरुले दुई माजु मन्दिर परिसर भित्र बनाइएको व्यापारिक टहराहरु तत्काल नहटाए गुठी संस्थान, काठमाडौं महानगरपालिका र सम्बन्धित वडा कार्यालयविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

उनीहरुले यस अघि खुला मंच परिसरमा बनाइएको ५२ वटा व्यापारिक टहराहरु हटाउन दवाव दिएपछि ती टहराहरु हटाइएका थिए । सम्पदाको संरक्षण गर्न भन्दै सो धर्नामा उपस्थित भएकाहरुले ‘खुला ठाउँ बेची खाने दलाल, होसियार’ लेखेका प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top