कुर्दविरुद्धको सैन्य कारबाही गर्ने विषयमा टर्की र रुसबीच सहमति

६ कात्तिक ७६, बुधबार
Share this
758shares

६ कात्तिक, काठमाडौं ।
उत्तरी सिरियामा कुर्दविरुद्धको सैन्य कारबाही गर्ने विषयमा टर्की र रुसबीच सहमति भएको छ ।

Advertisement

म्याराथन बैठकमा भएको सो सहमतिलाई दुवै देशले ‘ऐतिहासिक सम्झौता’ भनेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनबीच रुसको सोचीमा भएको बैठकका क्रममा यो सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ ।

टर्की र सिरियाको सीमामा रुस र टर्की दुवै देशका सैनिक रहेका छन् । अमेरिकाले यो इलाकाबाट आफ्ना सैनिक फिर्ता बोलाएको छ । टर्कीले सिरियाका कुर्द विद्रोहीविरुद्ध आक्रमक अभियान चलाइरहेको छ । टर्कीले कुर्दहरुको एक समूहलाई ‘आतंकवादी समूह’ दाबी गर्दै आइरहेको छ ।

Advertisement

अब टर्की र सिरिया मिलेर टर्की र सिरियाको सीमामा संयुक्त गस्ती गर्नेछन् । यसले यो क्षेत्रको बदलिँदो शक्ति सन्तुलनलाई संकेत गरेको छ ।

अमेरिकाले गएको साता कुर्द लडाकु र टर्कीका सेनाबीच युद्ध विराम गराएको थियो । युद्ध विरामको समय सीमा पूरा केही अगाडि रुस र टर्कीबीच नयाँ सम्झौता भएको हो ।

Advertisement

उत्तरी सिरियाको कुर्द बलमा कुर्दिश पीपुल्स प्रोटेक्शन युनिट्स (वाईपीजी) लडाकुको बाहुल्यता छ । यसलाई टर्कीले आफ्नो सीमामा खतराका रुपमा हेर्दै आएको छ । अब सम्झौता अनुसार यस क्षेत्रको सैन्य नियन्त्रण रुस र टर्कीबीच बाँडिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top