छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जना बंगलादेशीलाई मृत्युदन्ड

६ कात्तिक ७६, बिहीबार

७ कात्तिक, एजेन्सी ।
एक छात्रालाई जिउँदै जलाएको अभियोगमा दोषी ठहर गर्दै बंगलादेशको एक अदालतले १६ जनालाई मृत्युदन्डको सजाय सुनाएको छ ।

१९ वर्षीया नुसरत जहाँ रफी नामकी ती छात्राले शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । गत अप्रिलमा राजधानी ढाकादेखि १६० किलोमिटरको दूरीमा रहेको फेनी नगरमा उनको हत्या भएको थियो ।

उनको मृत्युलाई आत्महत्या देखाउने प्रयाससमेत गरिएको थियो । नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी प्रधानाध्यापक र उनका दुईजना छात्रा साथी पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ ।

Advertisement

मृत्युदन्डको सजाय सुनाइएकाहरुमा स्थानीय राजनीतिक दलका नेतासमेत छन् । बंगलादेशमा यस्ताखालका मुद्दाको किनारा लाग्न वर्षौं लाग्ने गरेपनि नुसरतको मुद्दा भने निकै छिटो टुंगिएको छ ।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसको ११ दिनपछि उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चार, पाँचजनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए ।

Advertisement

त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो । शरीरको ८० प्रतिशत जलेको नुसरतको घटनाको चार दिनपछि मृत्यु भएको थियो । बंगलादेशलाई नै स्तब्ध बनाएको नुसरतको मृत्युपछि उनलाई न्यायको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top