विप्लप नेकपा माथिको प्रतिबन्ध तत्काल नहट्ने

७ कात्तिक, काठमाडौँ ।
सरकार प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालले भारत, चीन र अमेरिकासँग समान ढंगले सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन् । मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको प्रभाव पनि विश्वभर पर्न गएको पनि स्पष्ट पारे ।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले नेपालमा चिनियाँ प्रभाव ह्वात्तै बढेको हो ?भनि संचारकर्मीहरुले जिज्ञासा राखेपछि मन्त्रीबास्कोटाले नेपालको पनि प्रभाव चिनियाँ राष्ट्रपतिको भ्रमणपछि विश्वभर बढेको बताए । ‘नेपालले भारत, चीन, अमेरिका लगायतका देशसँगको सम्बन्धलाई थप विस्तार गर्न चाहेको छ,’ मन्त्री बास्कोटाले भने, ‘देशको हितमा लाभहरु लिनर साझा हितका निम्ति भारत, चीन र अमेरिका सँगसँगै अघि बढाउने नेपालको परम्परागत निर्णय नै हो ।’

मन्त्री बास्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माथि लगाइएको प्रतिवन्ध हटाउन नसकिने अडान पनि राखे । उनले चन्द नेतृत्वको नेकपालाई हिँसा छोडन र संविधानको पालना गरेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन पनि सचेत गराए । मुलुकका निम्ति कुनै पनि खालको हिंसा स्विकार्य नहुने मन्त्री बास्कोटाको भनाई थियो । मन्त्री बास्कोटाले हिंसा जारी राखेर आफ्ना बन्दीहरुलाई रिहा गर्ने चन्द नेतृत्वको नेकपाले गरेको माग सम्बोधन हुनै नसक्ने पनि स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top