रियलका रोड्रीगो ब्राजिलियन टोलीमा, चोटका कारण नेयमारलाई विश्राम

रियलका रोड्रीगो ब्राजिलियन टोलीमा, चोटका कारण नेयमारलाई विश्राम

एजेन्सी, कात्तिक ९
मैत्रिपुर्ण खेलका लागि ब्राजिलका प्रशिक्षक टिटेले घोषणा गरेको फुटबल टोलीमा रियल म्याड्रिडका युवा फरवार्ड रोड्रीगो पहिलोपटक परेका छन् । टिटेले टोलीमा नेयमार भने चोटका कारण विश्राम दिएका छन् ।

ब्राजिलले मैत्रीपूर्ण खेल अन्तर्गत नोभेम्बर १५ मा साउदी अरेबियामा हुने खेलमा अर्जेन्टिनाको सामना गर्दैछ । त्यसको ४ दिनपछि नै ब्राजिलले आबुधबीमा हुने खेलमा दक्षिण कोरियासँग खेल्नेछ । प्रशिक्षक टिटेले ब्राजिलियन लिगमा खेल्ने कुनै खेलाडीलाई टोलीमा राखेका छैनन् । ब्राजिलियन लिगको अन्तिम चरण चलिरहेको कारण उनले युरोपेली लिगका अधिकांश खेलाडी समेटेका हुन् ।

टोलीमा एस्टन भिल्लाका डग्लस लुइज पनि पहिलो पटक टोलीमा समेटिएका छन् । रोमाका गोलरक्षक ड्यानीएल फुजातो र रियल बेटिसका डिफेन्डर एमरसन पनि टोलीमा पहिलोपटक रहेका छन् ।

यस्तो छ ब्राजिल टोली :

गोलरक्षक – एलिसन, एडरसन, ड्यानीएल फुजातो

डिफेन्डर – ड्यानीलो, एमरसन, एलेक्स स्यान्ड्रो, रेनान लोडी, थियागो सिल्भा, मर्किन्होस, एडर मिलिसाओ, फिलिपे

मिडफिल्डर – क्यासेमिरो, आर्थर, फाबिन्हो, डग्लस लुइज, फिलिपे कोउटिन्हो, लुकास पाकेटा, विलियन

फरवार्ड – डेविड नेरेस, रोबर्टो फिर्मिनो, ग्यब्रिएल जेसस, रोड्रीगो, रिचार्लीसन

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.