×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

भरतपुर बन्यो देशकै पहिलो सडक मानवमुक्त महानगर

९ कार्तिक २०७६

९ कात्तिक, चितवन ।
९ कात्तिक, चितवन । भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । शनिबार भरतपुरमा एक कार्यक्रम गरी भरतपुरलाई देशकै पहिलो सडक मानवमुक्त महानगरका घोषणा गरिएको हो ।

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणा प्रतिवद्धता पत्र पढेर सुनाएका थिए भने भरतपुरकी मेयर रेनु दाहालले सामूहिक प्रतिवद्धता गराएकी थिइन् ।

Advertisement
Advertisement

मेयर दाहालले भरतपुरमा कोही पनि नागरिक गाँस, बास र कपासका लागि भौतारिने अवस्था अन्त्य गर्ने अभियान अन्तर्गत यो घोषणा गरिएको बताइन् । प्रदेश ३ का मुख्यमन्त्री पौडेलले देशका सबै स्थानीय तहले सडक मानवहरुको संरक्षणमा ध्यान दिनुपर्ने धारणा राखे ।

भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउन २७ असोजदेखि ८ कात्तिकसम्म हरेक दिन बेलुका ८ देखि ११ बजेसम्म सडकपेटी एवं सार्वजनिक स्थलमा उद्धार एवं परामर्श सेवा शुरु गरिएको थियो । यसक्रममा झण्डै तीन सय जनालाई उद्धार गरिएको थियो ।

उनीहरुमध्ये जम्मा आठ जना मात्रै वास्तविक अभिभावकविहीन र वेसहरा रहेको पाइएको छ । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार कोही कुलतमा परेका, कोही दिनभर माग्ने र रातिमा रमाउनेहरु समते भेटिएका छन् ।

महानगरकी मेयर रेनु दाहालले सडकमा वास्तविक पीडितभन्दा कुलतमा परेकाहरुको जमात भेटिने गरेको बताइन् । सडकमा आएका र आउन सक्ने व्यक्तिहरुको खोजी तथा उद्धारका लागि भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रमका वीचमा सम्झौता पनि गरिएको छ । हरेक हप्ताको एक दिन मानव सेवा आश्रमको पहल तथा भरतपुर महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा सहयोगापेक्षी मानवहरुको खोजी तथा परामर्श गरिने छ ।

सडकबाट ल्याइएका यस्ता सहयोगापेक्षीहरुको बस्ने व्यवस्थापन मानव सेवा आश्रमले गर्दै आएको छ । भरतपुरको वाइपास रोडमा रहेको आश्रमको घर भाडा भरतपुर महानगरपालिकाले तिर्ने घोषणा मेयर दाहालले गरिन् । साथै उद्धारका लागि जुट्न आवश्यक सवारी साधन खरिदको प्रकृयासमेत अघि बढाएको मेयर दाहालले बताइन् ।

हेटौडामा मुख्य कार्यालय रहेको आश्रमको देशभर १६ वटा जिल्लामा शाखाहरू छन् । २०७१ सालदेखि चितवनको सडकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने अभियान शुरु गरेको यस संस्थाले हालसम्म ५०० जनाको उद्धार गरेको जनाएको छ । उनीहरुमध्ये ३०० जनालाई पुनःमिलन गराएको छ ।

Advertisement

मानव सेवा आश्रमकोप सहयोगमा यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौँको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top