२९ करोड बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने प्राधिकरणको तयारी

१३ कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले २९ करोड रुपैयाँ भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ ।

लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले २९ करोड ३७ लाख ३७ हजार २ सय ७ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले जानकारी दिए ।

गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख ५ सय १६ रुपैयाँ, व्यापारिकतर्फ ९९ लाख ७१ हजार ४ सय ३९ रुपैयाँ, गैर व्यापारिक मिटरतर्फ एक करोड ५८ लाख रुपैयाँ र औद्योगिक मिटरतर्फ चार करोड २६ लाख ३८ हजार ८ सय ३५ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए ।

Advertisement

विद्युत् प्राधिकरण लहानका अनुसार रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालबाट १५ लाख १४ हजार १ सय ९२, लाहान नगरपालिकाबाट तीन लाख २० हजार, इलाका हेल्थपोष्ट भगवानपुरबाट तीन लाख ४८ हजार, इलाका वन कार्यालय धनगढीबाट एक लाख नौ हजार ५ सय ६१, जिल्ला वन कार्यालय लहानबाट ९७ हजार ८ सय ८८, जनता मावि बाखरबाट एक लाख २१ हजार २ सय १४, मावि अयोध्यानगरबाट एक लाख ७३ हजार ७ सय ६७, मावि बरियारपट्टीबाट एक लाख १२ हजार ८ सय ४७, मावि पिप्राबाट ८३ हजार, मावि पडरियाबाट ६४ हजार २ सय ७५ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको छ ।

यस्तै हेल्थपोष्ट सीतापुरबाट ७६ हजार ७ सय ३०, हेल्थपोष्ट छपरारीबाट ४५ हजार, नेपाल रेडक्रस सोसाइटी दहीपुरबाट ७८ हजार ३ सय ४६, कोल्ड चेञ्जरबाट दुई लाख २८ हजार ३ सय ३१, राष्ट्रिय वाणिज्य बैंक सुखीपुरबाट एक लाख ८ हजार ७ सय, इलाका हुलाक कार्यालय भगवानपुरबाट ५५ हजार, कृषि सेवा केन्द्र भगवानपुरबाट ८३ हजार ९ सय ६८, कृषि सेवा केन्द्र धनगढीबाट ७० हजार १ सय २० रुपैयाँ बक्यौता असुली गर्न बाँकी रहेको विद्युत् प्राधिकरण लाहानले जनाएको छ ।

Advertisement

विद्युत् महसुल लामो समयदेखि नबुझाउने ग्राहकहरुको लागत तयार गरिसकेको र तिहारलगत्तै यस्ता ग्राहकको लाइन काट्ने योजना बनाएको प्रमुख यादवको भनाइ छ । पटक–पटक विद्युत् महसुल बुझाउन ताकेता गर्दासमेत लामो समय महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटिने प्रमुख यादवले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top