पाकिस्तानको तेज गाम एक्सप्रेसमा आगलागी, ४६ जनाको मृत्यु

१४ कात्तिक ७६, बिहीबार

१४ कात्तिक, एजेन्सी ।
पाकिस्तान रेलवेको तेज गाम एक्सप्रेसको रेलमा आगलागी हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।

Advertisement

यो रेल कराचीबाट रावलपिण्डी रुटमा चल्छ । रावलपिण्डीबाट छुटेको रेलमा लियाकतपुरमा आगलागी भएको हो । रेलको तीनवटा डिब्बामा आगलागी भएको हो । ४६ जनाको ज्यान गएको पुष्टि भएको र अरु ४२ जना घाइते भएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।

रेलका यात्रुसँग खाजाका लागि सामग्री र ग्यास सिलिन्डर पनि थियो । सोही सिलिन्डर बिस्फोट भएर आगलागी भएको अनुमान छ । आगो अहिले नियन्त्रणमा आएको र घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top