महरामाथि मुद्दा चलाउने/नचलाउने बारे टुंगो आज लाग्ने

महरामाथि मुद्दा चलाउने/नचलाउने बारे टुंगो आज लाग्ने

१४ कार्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा मुद्दा चलाउने नचलाउने आज टुंगो लाग्दैछ ।

प्रहरीले तीन हप्ता लगाएर गरेको अनुसन्धानसहित पठाएको राय अध्ययन गरी मुद्दा चलाउने नचलाउने आज टुंगो लगाइने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ ।

मुद्दा दायर गर्ने नगर्ने अधिकार जिल्ला सरकारी वकिललाई रहेको छ । मुद्दा दायर भए आजै जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुनेछ । थुनछेकको बहस नलम्बिए आजै महरालाई धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्नेछ ।

संसद सचिवालयमा कार्यरत एक महिलालाई यौन दुर्व्यवहारको प्रयास र कुटपिट गरेको अभियोगमा महरालाई गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । महरामाथि अनुसन्धान गर्न तेस्रो पटक थप गरिएको ७ दिनको म्याद आज सकिँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.