इराकका राष्ट्रपतिले भने, प्रधानमन्त्री राजीनामा दिन तयार छन्

१५ कात्तिक ७६, शुक्रबार

१५ कात्तिक, एजेन्सी ।
इराकका प्रधानमन्त्री अब्देल अब्दुल महदीले राजीनामा दिन तयार रहेको खुलेको छ ।

Advertisement

सरकार विरोधी प्रदर्शन जारी नै रहेको छ । इराकका राष्ट्रपति बरहम सालेहले प्रदर्शनकारिहरुको आक्रोश कम गर्न राजनीतिक सुधारको प्रयास गरेका छन् ।

प्रदर्शनको लामो समयपछि टेलिभिजनबाट सम्बोधन गर्दै सालेहले भने कि प्रधानमन्त्री अब्देल अब्दुल महदी राजीनामा दिन तयार छन् तर यसमा संसदको पनि सहमति आवश्यक छ ।

Advertisement

सालेहले भने कि छिट्टै निर्वाचन गराउनका लागि आगामी हप्ता संसदमा एक विधेयक पेश हुने छ । इराकमा भइरहेको सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म एक सय जनाको ज्यान गुमिसकेको छ ।

प्रदर्शनकारिहरुको भनाई छ कि देशमा देशमा बढ्दो बेरोजगारी, खराब सार्वजनिक सेवा र बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल छ । उनीहरुले प्रधानमन्त्री महदीको राजीनामा माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top