कपिलवस्तुमा १० बुँदे सहमतिसँगै मूर्ति विसर्जन, कर्फ्यु भने कायमै

१५ कात्तिक ७६, शुक्रबार

१५ कात्तिक, कपिलवस्तु । कपिलवस्तुमा दुई पक्षबीच भएको झडपका कारण रोकिएको मूर्ति विर्सजन १० बुँदे सहमति भएसँगै विसर्जन गरिएको हो ।

Advertisement

बिहीबार राति २ बजेतिर दुवै पक्षबीच सहमति भएपछि कर्फ्युकाबीच सुरक्षा घेराबन्दीमा लक्ष्मीको मूर्तिको विर्सजन गरिएको थियो । बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि लगाइएको कृष्णनगर क्षेत्रको अनिश्चितकालीन कर्फ्यु अवस्था हेरेर घटाइने कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।

झडपका क्रममा भारतीय नागरिक सुरजकुमार पाण्डेको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । उनी विगत १५ वर्षदेखि कृष्णनगरमा चियापसल सञ्चालन गरेर बसेका थिए ।

Advertisement

सहमति भएका बुँदामा क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल शाहलाई कानुनी कारबाही गर्ने, प्रहरीले दमन गरेरनगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कर्फ्युलाई क्रमशः घटाउँदै लैजानेलगायत रहेको प्रशासनले जनाएको छ ।

दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षलगायतको सहभागिता रहेको थियो । ‘पोस्टमार्टम’पछि सुरजको शव उनका आफन्तले बुझेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top