अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग छानबिन अघि बढाउने प्रस्ताव पारित

१४ कात्तिक ७६, शुक्रबार

१५ कात्तिक, एजेन्सी । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग छानबिन अघि बढाउने प्रस्ताव पारित गरेको छ ।


संसदले पारित गरेको उक्त प्रस्तावमा ट्रम्पलाई महाअभियोग लगाउने विषयमा भइरहेको छानबिनले कसरी अझै सार्वजनिक रुप लिन्छ भन्ने कुरा समेटिएको ‘बीबीसी’ले जनाएको छ ।

तर, संसदमा भएको मतदानमा राष्ट्रपतिलाई महाअभियोग नै लगाएर पदच्यूत गर्ने वा नगर्ने भन्ने विषयचाहिँ नरहेको जनाइएको छ । प्रस्तावको पक्षमा २३२ मत खसेको थियो भने विपक्षमा १९६ मत खसेको थियो ।

Advertisement

प्रस्ताव पारित भएसँगै तल्लो सदनमा ट्रम्पविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन छ वा छैन भन्ने कुराको पहिलो औपचारिक परीक्षण भएको छ । तर, ‘ह्वाइट हाउस’ले उक्त मतदानप्रति असन्तुष्टि जनाएको छ । प्रस्ताव पारित भएसँगै ट्रम्पका वकिलहरूको अधिकार पनि कटौती गरिएको छ ।

राष्ट्रपति ट्रम्पमाथि अपुष्ट भ्रष्टाचारको दाबीबारे आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएको आरोप लागेको छ । तर, ट्रम्पले आफूमाथि लागेको आरोप गलत भएको दाबी गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top