एसिड प्रहार गर्नेलाई देख्नासाथ विन्दवासिनी झम्टिइन्

१४ कात्तिक ७६, शुक्रबार

१५ कार्तिक, मकवानपुर । मकावानपुरको हेटौँडामा ६ वर्षअघि विन्दवासिनी कंसाकारलाई एसिड छ्यापेर फरार रहेका भारत महाराजगञ्ज अमरपूर्वन ६ का ‘राज’ भनिने दिलीपराज केशरीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै पीडित कंसाकारले एसिड छ्यापेर भाग्ने केशरीलाई कडा कारबाहीको माग गरेकी छन् । हेटौँडाको मेनरोडमा रहेको आफ्नै पसलमा बसिरहेको समयमा कंसाकार एसिड आक्रमणमा परेकी थिइन् ।

एसिड प्रहारबाट दशैभरि धेरै पीडित रहेकाले उनीहरुको न्यायको निम्ति पनि मृत्युदण्डको सजाय दिनुपर्ने कंसाकारले पत्रकार सम्मेलनमा माग गरेकी छन । प्रहरीले केशरीलाई बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका २३ को भलोहीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा निरन्तर खटिएको प्रहरी टोलीले केशरीलाई पक्राउ गर्न सफल भएको हो । झण्डै ६ वर्षअघि एसिड छ्यापेर फरार रहेका केशरीलाई शुक्रबार मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैगर्दा विन्दवासीनी कंसाकारले आक्रोशीत हुँदै पीडक दिलीपलाई आक्रोश पोख्न लाग्दा प्रहरीले रोकेको थियो । तर पनि दिलीपलाई पत्रकारकै सामु पटक पटक झम्टेर पिट्न लाग्दा कंसाकारकै आफन्तले पनि रोकेका थिए ।

एसिड आक्रमणबाट गम्भीर घाइते भएकी कंसाकारले उपचारका क्रममा अहिलेसम्म ८० लाख रुपैयाँ खर्च भएको बताइन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top