×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-13-2082 || Nepal Times
Mar 27, 2026
Playing
बालेन मधेसी प्रधानमन्त्री कि नेशनल आइकन ? || Nepal Times
Mar 27, 2026
Playing
“खेलमा खेलाडी, राजनीतिमा नेता” – मन्त्री सस्मित पोखरेलको स्पष्ट सन्देश|| Nepal Times
Mar 27, 2026
Playing
कानुन मन्त्री सोविताले पहिलो निर्णय के गरिन् ?|| Nepal Times
Mar 27, 2026
Playing
अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजश्व अनुसन्धान विभाग खारेज प्रक्रिया सुरु|| Nepal Times
Mar 27, 2026
Playing
बालेन सरकारका पहिलो ४ निर्णयहरु के के हुन् ? || Nepal Times
Mar 27, 2026
Playing
पहिलो दिननै बालेन व्यस्त, प्रशासन सतर्क, बधाईको ओइरो|| Nepal Times
Mar 27, 2026
Playing
नवनियुक्त गृहमन्त्री: सुधन गुरुङले भने–बोल्ने होइन, काम देखाउँछौँ!|| Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बालेन शाह: पहिलो दिनमा देशप्रतिको श्रद्धा र सम्मान
Mar 27, 2026
Playing
शंखनादसँगै नयाँ युगःकस्तो हुनेछ बालेन्द्रको शासन? || Nepal Times
Mar 27, 2026
Playing
अर्थमन्त्री स्वर्णिमको पहिलो निर्णन नै बोल्ड, कस्तो छ उनको करियर ? || Nepal Times
Mar 27, 2026
Playing
सबैको आशाको पात्र प्रधानमन्त्री बालेन|| Nepal Times
Mar 27, 2026
Playing
वादी समुदायको पहिलो मन्त्री, इतिहास बदल्दै सीता बनिन् मन्त्री || Nepal Times
Mar 27, 2026
Playing
बालेन शाह: नयाँ नेपालको नयाँ अनुहार |Beyond Headlines: Understanding PM Balen Shah
Mar 27, 2026
Playing
ट्रम्प भन्छन् ‘प्रगति’, इरान भन्छ ‘झूट’, सत्य के हो ?|| Nepal Times
Mar 27, 2026
Playing
World News: इरानी मिसाइले भारतीय र पाकिस्तानीको मृ*त्यु, किमलाई कसले दियो राइ*फल ? || Nepal Times
Mar 27, 2026
Playing
दोलखा लाप्चाबाट सम्पर्कविहीन भयो हेलिकप्टर || Nepal Times
Mar 27, 2026
Playing
जेनजी आ न्दो लनमा पानी बाँड्न निस्किएका सुदन देशको गृहमन्त्री || Nepal Times
Mar 27, 2026
Playing
इरान–युएस सम्झौता सम्भावनाले नेतन्याहु संकटमा, मोज्तबा समलिङ्गी ! || Nepal Times
Mar 27, 2026
Playing
टिम बालेनको प्रोफाइलः कसका के विशेषता ? || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बनेपछि बालेनले बनाएका ७ रेकर्डहरू || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बालेनको शपथमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली गएनन् || Nepal Times
Mar 27, 2026
Playing
Top 15 Afternoon News || Mar-27-2026 || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बालेन्द्रको सपथ समारोह, शंखनाद, स्वस्ति वाचनदेखि मंगलपाठसम्म || Nepal Times
Mar 27, 2026
Playing
बालेनका १५ सारथि को कस्ता ? || Nepal Times
Mar 27, 2026

‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने

१५ कार्तिक २०७६

१५ कात्तिक, काठमाडौँ । 

सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो ।

Advertisement

अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ ।

प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’ अबको केही दिनभित्रै सञ्चालनमा ल्याइने भएको छ । डेढ महिना पहिले ल्याइएको उक्त उपकरणको जडान र परीक्षण सकिएकाले अब सञ्चालनमा ल्याउन लागिएको हो ।

अबको केही दिनसम्म परीक्षण भएपछि उपकरण पूर्णरूपमा सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ । उपकरणका धेरै भाग छुट्टिएर आउने हुँदा त्यसको जडान र प्रविधि जडानको काम यो अवधिमा भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार उपकरणमा ‘सफ्टवेयर’ कै लागि लामो समय लागेको हो । उनले भने, ‘हाम्रो सबै विवरण भएका कम्प्युटर र प्रिन्टरको जडानका लागि समय लागेको हो ।’

अहिले परीक्षणका लागि चालक अनुमतिपत्र छपाइ भइरहे पनि अहिलेसम्म पूर्णरूपमा सञ्चालनमा आउन बाँकी रहेको उनले बताए । परीक्षणका क्रममा कुनै पनि किसिमका समस्या नआएकाले पूर्णरूपमा सञ्चालन गर्न समस्या छैन । छपाइका क्रममा कार्ड स्पष्ट आएको छ । उनले भने, ‘पूर्णरूपमा चलाउन अब कुनै बाधा छैन ।’

विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनबाट झण्डै साढे सात लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । यो सङ्ख्या अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तिर्ण र नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीको हो । यो उपकरण पूर्णरूपमा सञ्चालन हुँदा तीनदेखि चार महिनामा सबै कार्ड छापिसकिने विभागले अनुमान गरेको छ ।

काठमाडौँ उपत्यकामा सवेग्राहीले आवेदन दिएकै दिनमा अनुमतिपत्र पाउने व्यवस्था मिलाइने उनले बताए । काठमाडौँ उपत्यका बाहिरबाट विवरण आउन र छापिएपछि बाटोमा समय लाग्दा मात्रै ढिलाइ हुने उनको भनाइ छ । उनले भने, ‘उपकरणका कारण अब ढिलो हुँदैन ।’

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ खरीद गरेको थियो । उपकरणले चाँडो काम गर्ने भएकैले विभागले ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले रु १० लाख कार्ड खरीदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । तीमध्ये चार लाख कार्ड आइसकेको र बाँकी छ लाख आउने क्रममा रहेको विभागले जनाएको छ ।

विभागले गत वर्ष ग्लोबल खरीद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो । अहिले विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत अनुमतिपत्र पाएका छैनन् । कतिपय कार्ड भने छापिएको लामो समय हुँदासमेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन भएको कार्यालयहरुले बताउँदै आएका छन् ।

स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान भएका छन् । भक्तपुरका अनन्त नेपाल स्मार्ट चालक अनुमतिपत्र बने÷नबनेको बुझ्न तीन पटकसम्म कार्यालय पुग्दा पनि नबनेको भन्दै फर्कन परिरहेको उनले बताए । उनले भक्तपुरको जगातीबाट चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका थिए ।

तीन पटकसम्म पनि त्यहाँ कार्यरत कर्मचारीले विभागबाट बनेर नआएको भनेपछि उनी एक पटक बुझ्नका लागि विभाग पुगे । विभागले चालक अनुमतिपत्र बनेपछि कार्यालयमा नै जान्छ भन्ने र कार्यालयमा तीन पटकसम्म नआएपछि अहिले कतै पनि जान छाडेको उनले बताए ।

सडकमा छड्के जाँच हुँदा उनले कार्यालयमा राजश्व तिरेको कागज देखाएर हिँड्ने गरेका छन् । उनले भने, ‘रसिदको नम्बर नबुझिने भएर अहिले लेमिनेशन गरेर बोकेको छु ।’

विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको थियो । पहिले सातवटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये अहिले तीन मात्रै काम गर्ने अवस्थामा छन् ।

Advertisement

– सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top