लगानी प्रतिबन्ध लगाए पनि उत्तर कोरियाली व्यवसायीले सरकारलाई टेरेनन्

१६ कात्तिक ७६, शनिबार

१६ कात्तिक, काठमाडौं ।
लगानी फिर्ता लैजान सरकारले तीन पटक पत्राचार गरिसके पनि उत्तर कोरियाली व्यवसायीले टेरेका छैनन्।

Advertisement

सरकारले लगानी प्रतिबन्ध लगाएको छ तर उत्तर कोरियाका ब्यवसायीले सुनेको नसुनै गरेर बसेका छन्। लगानी फिर्ता लैजान सरकारले दिएको अन्तिम मिति गएको बिहीवार सकिएको छ। तर, कुनै पनि कम्पनीले लगानी फिर्ताको जानकारी गराएका छैनन्।

उद्योग विभागले होटल रिमिन एण्ड रेष्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार, मिनस रेष्टुरेन्ट एण्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन, पोङयाङ अकुग्यान रेष्टुरेन्टलाई ब्यवसाय बन्द गरेर तत्कालै लगानी फिर्ताका लागि तीन पटक पत्र पठाइसकेको छ।

Advertisement

विभागले गत साउन २४, भदौ ५ र असोज २९ गते लगानी फिर्ता गरी जानकारी गराउन निर्देशन दिएको थियो। तर कुनै कम्पनीले पनि बन्द गरेको औपचारिक जानकारी नगराएको विभागका निर्देशक प्रेम लुइटेलले जानकारी दिए।

विभागको तथ्याङक अनुसार उत्तर कोरियाबाट १८ करोड ६५ लाख ४९ हजार २ सय रुपैयाँ लगानी प्रतिबद्धता थियो। तर यो सबै लगानी आएको छैन। विभागले गरेको स्थलगत अध्ययनमा तनहुँमा नि कोयो हस्पिटल प्रालि, मिनास रेस्टुरेन्ट एण्ड बार काठमाडौं र बोटाङगाङग रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा रहेका छन्।

Advertisement

तनहुँमा सञ्चालन रहेको हस्पिटलमा ६५ प्रतिशत स्थानीय र ३५ प्रतिशत कोरियाली लगानी रहेको छ।

नेपालमा रहेका उत्तर कोरियाली लगानीकर्ता तथा कामदारको भिसा स्वत सकिएको छ। थप कारबाहीको लागि परराष्ट्र मन्त्रालय र उद्योग मन्त्रालयले छलफल गर्नेछ। छलफलको निर्णयपछि नै कारबाहीको टुङगो लाग्नेछ। सरकारले उनीहरुलाई देश निकाला गर्न सक्ने छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top