नेपालविरुद्ध सिरिज खेल्न इंग्ल्याण्डको क्रिकेट टोली नेपालमा

नेपालविरुद्ध सिरिज खेल्न इंग्ल्याण्डको क्रिकेट टोली नेपालमा

१६ कार्तिक, काठमाडौैं । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) को टोली शनिबार नेपाल आईपुगेको छ ।

विश्वकै सबैभन्दा पूरानो क्रिकेट क्लव एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–टवान्टी, एक दीवसीय र फस्ट क्लास क्रिकेट खेल खेल्नका लागि आज काठमाडौं आइपुगेको हो ।

एक साता नेपालमा रहने सो टिमले पोखरामा स्थानीय क्लवसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ । नेपाली क्रिकेट विकासका लागि तयार गरेको लिगेसी टुर अन्तरगत एमसीसीले गत वर्ष साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

 

यस अघि एमसीसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो । यता, नेपालले पनि एमसीसीको भ्रमण गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.