×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

संघीय सांसदको शपथ २० गते

१५ फाल्गुन २०७४

काठमाडौं, फागुन १५
संघीय संसदका नवनिर्वाचित सदस्यहरुले यही फागुन २० गते सपथ लिने भएका छन । राष्ट्रपति विद्या भण्डारीले फागुन २१ गते संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकाले त्यसको अघिल्लो दिन २० गते नवनिर्वाचित सदस्यहरुको सपथ लिने व्यवस्था गरिएको हो ।

संवैधानिक व्यवस्था अनुसार अधिवेशन अघि नै सपथ गर्नुपर्ने भएकाले फागुन २० गते नै सपथग्रहण कार्यक्रम आयोजना गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

Advertisement
Advertisement

फागुन २० गते ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रिय सभाका सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्बन्धित सभाकै हलमा राखिएको छ ।

दुवै सदनका जेष्ठ सदस्यले सम्बन्धित सभाका सदस्यहरुलाई सपथ गराउने छन । दुवै सदनको जेष्ठ सदस्यलाई भने राष्ट्रपतिले सपथ गराउने प्रवक्ता गौतमले बताए ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी, नेपालका ८० वर्षीय महेन्द्र राय यादव जेष्ठ सदस्य रेका छन भने राष्ट्रियसभामा नेपाली कांग्रेसका ६९ वर्षीया तारादेवी भट्ट जेष्ठ सदस्य रहेकी छन् ।

संघीय संसद सचिवालयले संसदको पहिलो अधिवेशन सम्पन्न भएलगत्तै प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचनको कार्यसूचि तय गर्ने कार्यविधि पनि तयार पारेको छ ।

संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो अधिवेशन सम्पन्न भएको १५ दिन भित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष चयन गरिसक्नु पर्नेछ ।

यसैगरी सरकार गठन भएको १ महिना भित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसको मिति तय गर्न संसद सचिवालयले दलहरुसँग बुधबार परामर्श गर्ने भएको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्रीले विश्वासको मत लिने मिति पनि तय गरेर अघि बढने संसद सचिवालयको तयारी छ । प्रतिनिधिसभामा कूल २ सय ७५ र राष्ट्रिय सभामा ५९ जना सदस्य रहेका छन । फागुन २१ गते दुवै सदनको संयुक्त बैठक बस्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top