×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

मोरङमा हतियारको बिगबिगी ! लोडेड पेस्तोलसहित २ जना पक्राउ

१८ कार्तिक २०७६

१८ कात्तिक, विराटनगर ।
मोरङ प्रहरीले अटोमेटिक पेस्तोल र गोली सहित दुई जनालाई पक्राउ गरेको छ । छठ पर्वमा आयोजित कार्यक्रममा पेस्तोल बोकी उछृङ्खल गतिविधि गर्ने एक जनासहित २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरेका दुई जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । छठ पर्वको अवसरमा मोरङको कटहरीमा शनिबार आयोजना गरिएको ‘सांस्कृतिक साँझ तथा नृत्य कार्यक्रम’मा पेस्तोल बोकी ढुङ्गा हान्दै हिँड्ने कटहरी २ बस्ने २३ वर्षीय सुरजकुमार भन्ने बिक्की भगत र भगतलाई पेस्तोल दिने धनपालथान–७ कदमहाका २८ वर्षीय मुकेशकुमार मण्डललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement

पक्राउ पर्ने भगत विराटनगरको एक कपडा पसलमा काम गर्ने पाईएको र छठ मनाउने विदामा घर आएका मण्डल उदयपुर स्थित रामपुर ठोक्सिलाको एक लुघुवित्तीय संस्थामा फिल्ड सहायकको रुपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । ढुङ्गा प्रहारपछि केही व्यक्तिलाई शंका लागि चेकजाँच गर्दा शनिबार बेलुका ८ बजे भगतलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको उनले बताए ।

भगत पक्राउ परेपछि आयोजकसँग समन्वय गरी तत्काल कार्यक्रम बन्द गरिएको थियो । पक्राउ परेका भगतको साथबाट अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने म्याग्जिन २ थान, पेस्तोलमा रहेको म्याग्जिनमा लोड भएको गोली १ राउण्ड, ५ वटा सिमकार्ड र एउटा ट्याब्लेट बरामद् भएको छ । भगतले मण्डलले हतियार दिएको भनी खुलाएको आधारमा प्रहरीले मण्डललाई आइतबार विराटनगर–७ जलजला चोकबाट पक्राउ गरेको हो ।

Advertisement
Advertisement

पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट म्याद लिई मुलुकी फौजदारी अपराध ऐन २०७४ बमोजिम आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अवैध हतियारको कारोबार गर्ने भारतीय तथा नेपाली कारोबारीसँग केही समयदेखि सम्बन्ध स्थापित भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरु अन्य अपराधिक क्रियाकलापमा पनि संलग्न हुनसक्ने भएकोले थप अनुसन्धान भईरहेको अधिकारीले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top