धितोपत्र बजारः झिनो अङ्कको वृद्धि

१८ कात्तिक ७६, मंगलबार

१८ कात्तिक, काठमाडौँ ।

साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ०.९७ बिन्दुले बढेर एक हजार १४०।२६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.०४ अङ्कले बढेर २५०.५१ मा पुगेको छ । नेप्से झिनो अङ्कले बढ्दा कारोबार रकम भने आइतबारको तुलनामा केही वृद्धि भएको छ । कुल १६३ कम्पनीको सात लाख ५९ हजार ७१२ कित्ता शेयर रु १९ करोड १८ लाख ५४ हजार ३३३ मा खरिदबिक्री भए । आइतबार १६१ कम्पनीको सात लाख ८४ हजार ७४० कित्ता शेयर रु १७ करोड ५५ लाख ४४ हजार ४७२ मा खरिदबिक्री भएको थियो ।

Advertisement

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने चार उपसमूहको शेयर घटेका छन् । बैङ्किङ ०.९२, विकास बैङ्क ०.८३, फाइनान्स १ र अन्य उपसमूह २.४६ बिन्दुले घट्दा होटल ५.६३, जलविद्युत् १७.४३, निर्जीवन बीमा १४.३८, उत्पादन ०.९६, लघुवित्त ५.६, जीवनबीमा ३.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले बढेको छ ।

कारोबार रकमका आधारमा नविल बैङ्क शीर्ष स्थानमा रहेको छ । आइतबार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको सो बैङ्कको शेयर आज रु एक करोड ९८ लाख ८६ हजार ४५३ मा खरिदबिक्री भयो ।

Advertisement

प्रभु बैङ्क रु एक करोड ६१ लाख ५३ हजार ५९२, चिलिमे जलविद्युत् कम्पनी रु एक करोड १९ लाख ५३ हजार ८२९, प्राइम कमर्सियल बैङ्क रु ९२ लाख ४६ हजार, नेपाल बैङ्क लिमिटेड रु ७० लाख ३१ हजार २६४ र कृषि विकास बैङ्क रु ५७ लाख २० हजार ७५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९३ प्रतिशतले कमाउँदा चिलिमे जलविद्युत् कम्पनी ६.२४, नेरुडे लघुवित्त विकास बैङ्क ५.६९, एनआइसी एसिया ग्रोथ फण्ड ५.४७ र हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाए ।

यस्तै जोशी हाइड्रोपावर ४.८३, गुर्खाज फाइनान्स ४.३४, माउन्टेन हाइड्रो ३.७५, अरुण भ्याली हाइड्रोपावर ३.०६ र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.६५ प्रतिशतले गुमाए । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top