झुठा विवरण दिएर नागरिकता बनाइदिएको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ

१८ कात्तिक ७६, मंगलबार

१९ कात्तिक, स्याङ्जा ।
झुठा विवरण पेश गरी कीर्ते नागरिकता बनाइदिएको कसुरमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजीत सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए।

सुनारले २०६० माघ २० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट कास्की पोखरा महानगरपालिका– ३० का डिलबहादुर श्रेष्ठको ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नै छोरा हो भनी झुठो विवरण पेश गरी नागरिकता बनाइदिएका थिए।

Advertisement

झुठा विवरण दिएर नागरिकता बनाइदिएको खुल्न आएपछि प्रहरीले ‘नागरिकतासम्बन्धी कसुर’ मुद्दा दर्ता गरी प्रतिवादी सुनारलाई पक्राउ गरेर स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले बताए। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top